नियम १७क
सिट सङ्ख्या निर्धारण तथा विद्यार्थी छनौट सम्बन्धी विशेष व्यवस्था
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सैनिक कल्याणकारी कोष नियमावली, २०६५ बमोजिम स्थापना भएको कल्याणकारी कोष अन्तर्गत सञ्चालित सार्वजनिक शिक्षण संस्थाको स्नातक तहमा विद्यार्थी छनौट तथा भर्ना गर्दा त्यस्तो शिक्षण संस्थाको कूल सिट सङ्ख्याको उनन्चास प्रतिशत सिटमा नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक व्यक्तिको सन्तानमध्येबाट आयोगले निर्धारण गरेको योग्यताक्रमको आधारमा गरिनेछ।
(२) उपनियम (१) बमोजिम छुट्याई बाँकी रहेको एकाउन्न प्रतिशत सिटलाई शतप्रतिशत मानी सोको बाँडफाँड गर्दा नियम १७ को उपनियम (१) बमोजिम सार्वजनिक शिक्षण संस्था सरह गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम छुट्याइएको सिटमा छनौट तथा भर्ना हुने प्रयोजनको लागि उम्मेदवारले आयोगबाट सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको दरखास्त फारामसाथ त्यस्तो उम्मेदवार सोही उपनियम बमोजिम छनौट तथा भर्ना हुन योग्य रहेको भनी सम्बन्धित निकाय वा कार्यालयले गरिदिएको सिफारिस समेत पेश गर्नु पर्नेछ।
(४) उपनियम (१) को प्रयोजनको लागि आयोगले उम्मेदवारको योग्यताक्रमको छुट्टै सूची प्रकाशन गर्नेछ। त्यसरी प्रकाशित सूचीको योग्यताक्रमको आधारमा सम्बन्धित शिक्षण संस्थाले भर्ना गर्नु पर्नेछ।
(५) उपनियम (१) बमोजिम छुट्याइएको सिटमा आवश्यक सङ्ख्यामा विद्यार्थी छनौट हुन नसकेमा त्यस्तो सिट उपनियम (२) बमोजिमको सिटमा समावेश हुनेछ।
छू पहिलो संशोधनद्वारा थप।